शनिबार, बैशाख ४, २०७८
राजनीति समाचार

धनगढीमा ओलीले दाहाल-नेपाल समूहलाई भगौडा भने

पुस २४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार धनगढीमा आयोजित नेकपा ओली समूहको आमसभालाई सम्बोधन गर्दै दाहाल-नेपाल समूहलाई भगौडाको संज्ञा दिएका छन् । उनले पार्टी छाडेर गएका भगौडाका पछाडि नलाग्न समेत कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

ओलीले आमसभालाई सम्बोधन गर्दै भनें ‘तपाईंहरूले पार्टी छोडेर हिँडेका केही भगौडाहरुको कुरा सुन्नु भएको होला । केन्द्रीय कमिटीका बैठकमा नआएर, अन्त अन्त गएर सडकमा गएर हामी यहाँ छौं रे । गाली गरेर, पत्रपत्रिकामा लेखाएर हामी यता छौँ भनेका छन् । हामीलाई गाली गर्ने फुर्सद छैन। हामी दन्तबजान गर्ने फुर्सद छैन । हामीलाई देश बनाउनु छ,’ ओलीले भने ।

सम्बोधनका क्रममा ओलीले चोईटिएर जानेहरुलाई दुई अंकमा चुनाव जितेर देखाउन चुनौति दिए। उनले भनें ‘१० वटा सिट ल्याएर देखाउनुस् । उहाँहरुले ठूल्ठूला कुरा गर्नुहुन्छु ।’

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू