मङ्लबार, जेष्ठ ४, २०७८
प्रमुख समाचार समाचार स्वास्थ्य

गोकर्णेश्वर नगरपालिका वडा नं. १ पाथिभरा टोलमा स्वास्थ्य भवन बन्ने

२७ पुस, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. १ पाथिभरा टोलमा स्वास्थ्य भवन बन्ने भएको छ । स्वास्थ्य भवन निर्माणका लागि प्राविधिक टोलीबाट जग्गा नापजाँच कार्य भएको छ ।

करिब २ रोपनी जग्गामा ६ कोठे स्वास्थ्य भवन निर्माण हुनेछ । स्वास्थ्य भवन निर्माण पछि वडा नं. १ को बडाटार, गडाडोल, रुप्सेटार र वरपरका क्षेत्रका साथै वडा नं. २ नयाँपाटी, राइटारका बासिन्दाहरु लाभान्वित हुने गोकर्णेश्वर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष राम मानन्धरले बताए ।

मानन्धरका अनुसार भवन निर्माण पछि स्थानीय गरिव, विपन्न, कमजोर आर्थिक अवस्था भएका व्यक्तिहरुको पहुँचमा स्वास्थ्य सेवा पुग्नेछ भनें भवन निर्माण क्षेत्र स्थानीयवासीहरुलाई पायक पर्ने लोकेसनमा रहेकोले धेरै व्यक्तिहरुले स्वास्थ्य सेवा लिन पाउनेछन् ।

आज वडा अध्यक्ष राम मानन्धर, वडा सदस्य राजेन्द्र कुमार रोक्का लगायतको उपस्थितीमा इन्जिनियर विश्वराम पण्डित र प्राविधिक गौरिशंकर भण्डारी लगायतको प्राविधिक टोलीबाट जग्गाको नापजाँच गरिएको हो ।

स्वास्थ्य भवन यसै आर्थिक वर्षको असार मशान्तसम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ काम शुरु भईरहेको वडा अध्यक्ष मानन्धरले हेलो पत्रिका डट कमलाई बताए ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू