सोमवार, साउन ११, २०७८
परोपकार र मानवता समाचार स्थानीय समाचार

गोकर्णेश्वर नगरपालिका वडा नं. २ नयाँपाटिमा १ सय साठी वृद्धवृद्धालाई ब्लाङ्केट वितरण

२७ पुस, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. २ मा वृद्धवृद्धाहरुलाई सम्मान गरिएको छ । आज ७० वर्ष उमेर पुगेका वृद्धवृद्धाहरुलाई वडा नं. २ ले ब्लाङ्केट वितरण गरेको हो ।

जाडोको समयमा वृद्धवृद्धाहरुलाई न्यानो होस् भन्ने सदिच्छा लिएर ब्लाङ्केट वितरण गरिएको वडा अध्यक्ष कृष्ण पण्डित क्षेत्रीले हेलो पत्रिका डट कमलाई बताए ।

वडाले १ सय ६० वृद्धवृद्धाहरुलाई ब्लाङ्केट वितरण गर्ने योजना रहेकोले वितरण स्थलमा उपस्थित हुन नसकेका वृद्धवृद्धाहरुलाई घरमै ब्लाङ्केट पुर्याउने वडा सदस्य माया लामाले बताईन् ।

कार्यक्रममा वडा अध्यक्ष कृष्ण पण्डित क्षेत्री, वडा सदस्य कृष्ण हरि श्रेष्ठ, वडा सदस्य माया लामा लगायतले वृद्धवृद्धाहरुलाई ब्लाङ्केट वितरण गरेका थिए । ब्लाङ्केट वितरण कार्यक्रममा वडाको कार्यको प्रशंसा गर्दै वृद्धवृद्धाहरुले धन्यवाद व्यक्त गरेका थिए भनें उल्लेख्य संख्यामा उत्साहका साथ वृद्धवृद्धाहरु सहभागि भएका थिए ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू