आइतवार, जेष्ठ ३०, २०७८
प्रमुख समाचार प्रेरक व्यक्तित्व राष्ट्रिय

प्राज्ञिक विद्यार्थी परिषद्ले नेपालले राष्ट्रिय एकता दिवसको अवसरमा देशभर दिप प्रज्वलन

२८ पुस, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले हिजो पुस २७ गते देशका प्रमुख केन्द्रहरूमा “पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती“ को अवसरमा भैरहवा, दाङ्गको घोराही, कोहलपुर, डडेलधुरा, अत्तरिया, गैँडाकोट नगर इकाईले “वृहत् दिप प्रज्वलन कार्यक्रम“ सम्पन्न गरेको छ ।

विद्यार्थी परिषदले पौष २७ गते अर्थात पृथ्वीजयन्तीको दिनमा राष्ट्रि कार्यक्रम गर्ने गरेको र देशै भर हरेक नगर इकाइले पौष २७ गते राष्ट्रिय पर्वको रूपमा कार्यक्रमहरू गर्दे आईरहेकोले विद्यार्थी परिषद्का कार्यकर्ताहरूले पृथ्वीनारायण शाहको फोटो नेपालको नक्सा र राष्ट्रिय झण्डा बनाई आ-आफ्नो नगरको चोक चोकमा दीप प्रज्वलन गरि कार्यक्रम सम्पन्न गरेका थिए ।

दीप प्रज्वलन कार्यक्रम नेपालको राष्ट्रिय गान बजाई परिषद् गीत गाएर सुरू गरेका थिए भने कार्यक्रम अबधिमा विभिन्न किसिमका राष्ट्रिय गानहरू तथा दीप प्रज्वलनमा उपस्थीत कार्यकर्ताहरूले परिषद्का विभिन्न नाराहरू, नेपाल आमाको जय, विद्यार्थी शक्ति-राष्ट्र शक्ति, हाम्रो संस्कृति हाम्रो प्राण, हिमाल पहाड तराई-कोही छैन पराई, भ्रष्ट्रचारी सावधान-जागेका छन नौ-जवान, जस्ता नाराहरू लगाइएका थिए ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू