मङ्लबार, जेष्ठ ४, २०७८
परोपकार र मानवता प्रमुख समाचार

मनोहरा जेसीजको ५ औं पदस्थापना तथा पदहस्तान्तरण कार्यक्रम सम्पन्न

पुस २९, मुलपानी । मनोहरा जेसीजको ५ औं पदस्थापना तथा पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आज काठमाडौं मुलपानीमा कार्यक्रम सम्पन्न भएको हो ।

मनोहरा जेसीजले वर्ष २०२१ का लागि सागर रोक्कालाई अध्यक्षमा निर्वाचित गरेको थियो । वर्ष २०२१ का लागि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालको प्रमुख अतिथ्यमा सम्पन्न पदस्थापना कार्यक्रममा निर्वाचित अध्यक्ष रोक्कालाई वर्ष २०२० का अध्यक्ष निशान्त गौतमले चेन हस्तान्तरण गर्दै सपथ ग्रहण गराउनु भएको थियो ।

यसैगरी अध्यक्ष सागर रोक्काले वर्ष २०२१ का लागि मनोनित गर्नु भएका सदस्य र निर्वाचित सदस्यहरुलाई सामुहिक सपथ ग्रहण गराउनु भएको थियो ।

कार्यक्रममा बागमति प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामाको विशेष आतिथ्यता रहेको कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल, नेशनल पाष्ट प्रेसिडेण्ट राजेश न्याचु त्यस्तै निशान्त गौतम, गौतम शाह, रामचन्द्र गौतम, जगतराज ढुंगाना, कागेश्वरी-मनोहरा नगरपालिकाका वडा नं. १ का अध्यक्ष मुकुन्द गजुरेल, लायन कुमारराज सुवेदी, नेपाल तरुण दल काठमाडौंका अध्यक्ष कृष्णजीत खड्का, कागेश्वरी मनोहरा नगरपालिकाका मेयरका उम्मेदवार उपेन्द्र कार्की लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले टिममा मिलेर नेतृत्व विकासका साथै समाजसेवामा उदाहरणीय कार्य गर्न आग्रह गर्नु हुँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो ।

बर्ष २०२१ का लागि मनोहरा जेसिजका पदस्थापित अध्यक्ष सागर रोक्काले सबैसँग मिलेर युवाहरुको नेतृत्व क्षमता विकासका साथै समाजसेवाको क्षेत्रमा पनि मनोहरा जेसिसलाई अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्नु हुँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नु भयो । रोक्काले कागेश्वरी मनोहराका ९ वटै वडा समेटेर सार्थक कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

नेपाल तरुण दल काठमाडौंका अध्यक्ष कृष्णजीत खड्काले मनोहरा जेसीजको नयाँ कार्यसमितिले कागेश्वरी मनोहरा क्षेत्रका युवाको नेतृत्व क्षमता विकास र उद्यमशीलता विकासका लागि उदाहरणीय कार्य गर्न सफल हुने विश्वास व्यक्त गर्नु भयो ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू