आइतवार, चैत्र २९, २०७७
खेलकुद समाचार स्थानीय समाचार

बौद्ध भेट्रान क्लबका खेलाडी तथा पदाधिकारीहरुलाई छिरिङ दोर्जे लामाबाट जर्सी वितरण

४ माघ, काठमाडौं । वागमति प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस वागमति प्रदेश दलका सचेतक छिरिङ दोर्जे लामाले हेटौडामा आयोजना हुने छैटों भेट्रान कप राष्ट्रिय फुटबल प्रतियोगितामा भाग लिने बौद्ध भेट्रान क्लबका खेलाडी तथा पदाधिकारीहरुलाई जर्सी, ट्रयाक वितरण गर्दै बिदाई गरेका छन् ।

माघ ५ गतेबाट हेटौंडामा शुरु हुने प्रतियोगितामा जाने खेलाडिहरुलाई जर्सी वितरण, विदाई तथा शुुभकामना कार्यक्रममा कामपा वडा नं ६ का वडा अध्यक्ष दिपेन्द्र लामा, वडा सदस्य जयराम पुडासैनी, श्री बौद्ध तामाङ कल्याण गुठीका अध्यक्ष खड्गजीत लामा, श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा, बौद्ध भेट्रान क्लबका संरक्षक दिलीप लामा, फक्स गार्मेन्टका कोअनर दिपेश बोहरा, एम. डी श्याम सुन्दर अधिकारी, अजिमा कन्सट्रक्सनका प्रोपराइटर रामकाजी लामा लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

हेटौंडामा हुने भेट्रान कप राष्ट्रिय फुटबल प्रतियोगिता माघ ५ गतेबाट शुरु हुनेछ भनें माघ १० गते सम्पन्न हुनेछ । देशका विभिन्न २० क्लबले भाग लिएका प्रतियोगितामा काठमाडौंबाट बौद्ध भेट्रान सहित ६ क्लबले भाग लिएका छन् ।

खेलाडिहरुलाई सम्बोधन गर्दै वागमति प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस वागमति प्रदेश दलका सचेतक छिरिङ दोर्जे लामाले हेटौडामा आयोजना हुने छैटों भेट्रान कप राष्ट्रिय फुटबल प्रतियोगितामा राम्रो खेलेर राम्रो नतिजा ल्याउन खेलाडिहरुलाई शुभकामना दिए । (तस्विर : गोले लामा देश र असितमान श्रेष्ठ)

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू