मङ्लबार, जेष्ठ ४, २०७८
समाचार स्थानीय समाचार

नुवाकोटमा प्रहरी र प्रचण्ड-नेपाल पक्ष बिच झडप

१९ माघ, नुवाकोट । उपप्रधानमन्त्री एवम् नेकपा नेता ईश्वर पोखरेल र उद्योग मन्त्री लेखराज भट्ट सहभागी कार्यक्रमलाई प्रचण्ड-नेपाल पक्षका प्रदर्शनकारीले विथोल्न थालेपछि प्रहरी र प्रदर्शनकारी बिच झडप भएको छ।

नेकपा ओलीको कार्यक्रमलाइ सम्बोधन गर्न पोखरेल र भट्ट दुवै मन्त्री सोमबार विहान बटारहुँदै विदुर पुगेका हुन्। कार्यक्रम स्थलतर्फ जाँदै गर्दासमेत प्रदर्शनकारीहरुले उनीहरु सवार गाडीमा ढुंगा प्रहार गरेका थिए ।

प्रहरीले उपप्रधानमन्त्री एवम् नेकपा नेता ईश्वर पोखरेल र उद्योग मन्त्री लेखराज भट्ट कार्यक्रम सुरक्षित रुपमा पुर्याएको बताएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू