बुधबार, असार २, २०७८
शिक्षा समाचार

सुन्दरीजल आधारभूत विद्यालयका ९० विद्यार्थीलाई कपडा वितरण

२१ माघ, काठमाडौं । लायन्स कपडा बैंक अन्तर्गत लायन्स क्लब अफ विराटनगर ग्रीनसीटीका संस्थापक अध्यक्ष लायन देवकिशन मुन्दराको सहयोग तथा लायन्स क्लब अफ काठमाडौं ईन्फिनिटीको आयोजनामा मंगलबार ऊनी स्वीटर तथा टोपी वितरण गरिएको छ ।

मंगलबार गोकर्णेश्वर नगरपालिका वडा नं. १ मा रहेको सुन्दरीजल आधारभूत विद्यालयमा अध्ययन गर्ने मुलखर्क, सुन्दरीजलका ९० जना विद्यार्थीहरुका लागि लायन्स क्लबबाट कपडा वितरण गरिएको हो ।

कपडा वितरण कार्यक्रम पिडिजि लायन कुमारराज सुवेदीको प्रमुख आतिथ्यता र गोकर्णेश्वर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष राम मानन्धरको विशेष आतिथ्यतामा भएको थियो । कार्यक्रमको अध्यक्षता काठमाडौं ईन्फिनिटीका प्रेसिडेन्ट लायन राजकुमार भण्डारीबाट भएको थियो भनें कार्यक्रम सञ्चालक लायन मधुसूदन सिग्देलले गरेका थिए ।

कपडा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष राम मानन्धरले राजधानिकै नजिक रहेर पनि यातायातको विकासमा पछि परेको स्थानमा विद्यार्थीहरुलाई सहयोग गर्न सामाजिक संघसंस्थाहरुलाई आग्रह गर्दै कार्यक्रम आयोजक र सहयोगीहरुलाई धन्यवाद दिए ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू