मङ्लबार, जेष्ठ ४, २०७८
प्रमुख समाचार राजनीति राष्ट्रिय

काठमाडौं उपत्यकामा बन्दको प्रभाव, छिटफुट सवारी साधन सञ्चालनमा

२२ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले गरेकोआम हड्तालका कारण बिहबिार मुलुकभरको जनजीवन प्रभावित भएको छ । आम हड्तालका कारण काठमाडौँ उपत्यकाका मुख्य सडक तथा शहरी क्षेत्रको जनजीवित प्रभावित भएको छ ।

सामान्य अवस्थामा जस्तो सार्वजनिक तथा निजी सवारी साधन चलेका छैनन् । सीमित मात्रामा चलेका सार्वजनिक गाडीमा विशेष कामले गन्तव्यमा पुग्नु पर्ने यात्रु सवार भएका छन् ।

प्रहरीको तैनाथी तथा चेकिङ्ग मुख्य सडकहरुमा बढि देखिन्छ । केही पसल तथा व्यवसाय खुले पनि अधिकांश बन्द छन् ।

बन्दकर्ताहरुका अनुसार उपत्यकाबाटमात्र सय जनाको हाराहारीमा पक्राउ परिसकेका छन् । अधिकांश नेकपा प्रचण्ड-नेपाल पक्षका नेताहरु सडकमै रहेका छन् ।

प्रहरीका अनुसार बिहान केही कम गाडी चलेका भए पनि विस्तारै बढ्ने क्रममा रहेको छ । बिहानै काठमाडौँको सामाखुशीमा बन्दकर्ताले एउटा ट्याक्सीमा आगजनी गरेका छन् । नेपाल प्रहरीका अनुसार देशभर सवारी सञ्चालन साविकभन्दा न्यून रहेको छ ।

ठाउँठाउँमा बन्दकर्ता निस्किएका छन् भनें अहिलेसम्म उपत्यकामा मात्रै ८० भन्दा बढी पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा उक्त पार्टीका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, नेत्री अमृता थापा मगरलगायत रहेका छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू