सोमवार, साउन ११, २०७८
प्रमुख समाचार शिक्षा समाज र संस्कृति

विद्यार्थी परिषद् वागमती प्रदेशको दोश्रो प्रदेश अधिवेशन धादिङमा हुँदै

२४ माघ, धादिङ । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल बाग्मती प्रदेशकोे दोस्रो प्रदेश अधिवेशन धादिङ जिल्लाको नीलकण्ठमा शुक्रबारबाट सुरु भएको भएको छ ।

नेपाल संस्कृत विश्वविद्यालयका डिन प्रा. डा. काशीनाथ न्यौपानेको प्रमुख आतिथ्यमा उद्घाटन भएको अधिवेशनमा वागमती प्रदेश अध्यक्ष डा. दयाराम भुषाल, प्रदेश सचिव रमेशराज भण्डारी , अखिल भारतीय विद्यार्थी परिषद्का राष्ट्रिय महामन्त्री निधि त्रिपाठी, निलकण्ठ नगरपालिकाका मेयर भीम ढुङगाना, स्वागत समिति अध्यक्ष महेन्द्र धमला, स्वागत समिति सचिव शौरभ शर्मा नगर अध्यक्ष बद्री प्रसाद कोइराला, नगर सचिव सजिना श्रेष्ठ लगाय अन्य अतिथि विद्यार्थी परिषद्का संगठन सचिव, नारायण प्रसाद ढकाल, सह संगठन सचिव रमेश कण्डेल, लगायत विद्यार्थी परिषद्का प्रमुख कार्यकर्ताहरूको उपस्थिति रहेको थियोे ।

दुई दिन सम्म चल्ने प्रदेश अधिवेशनको उद्घाटन सत्रमा कार्यक्रम विशिष्ट नीलकण्ठ नगरका नगर प्रमुख अतिथि भीम ढुङगानाले प्राज्ञिक विद्यार्थी परिषद्ले जुन उदेश्यका साथ कार्यगरिरहेको छ त्यो प्रशंशायोग्य रहेको बताउनु हुँदै नीलकण्ठ नगरमा प्रदेश अधिवेशन आयोजना गरेकोमा धन्यवाद सहित स्वागत गर्नु भएको थियोे । उहाँले विद्यार्थी परिषद् अबको दिनमा नेपालको नेतृत्व उत्पादन गर्ने शत्तिको रूपमा विकास हुने र विकासका लागि साथ र सहयोग गर्ने कुरा व्यक्त गर्नु भएको थियोे । त्यसैगरी, अर्का विशिष्ट अतिथि अखिल भारतिय विद्यार्थी परिषद्का राष्ट्रिय महामन्त्री निधि त्रिपाठी जिले विद्यार्थी परिषद्को वागमती प्रदेशको दोश्रो अधिवेशन सफलताको शुभकामना सहित विद्यार्थी परिषद्का कार्यकर्ताले पृथ्वीनारायण शाहाको कला कौशल तथा सन्देशलाइ अनुसन्धान गरी त्यसलाई देश निर्माण लागु गर्न र विश्वलाई चिनाउन आवश्यक छ भन्दै कार्यक्रममा निमन्त्रणा गरेकोमा हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

साथै कार्यक्रमका प्रमुख अतिथि नेपाल संस्कृति विश्वविद्यालयका अनुसन्धान निर्देशक प्रा.डा.काशीनाथ न्यौपानेले विद्यार्थी परिषद् आज ७७ वटै जिल्लामा पुगेको र आज प्रदेशको दोश्रो अधिवेशन सम्पन्न गर्ने अवस्था पुगेकोमा अत्यन्तै हर्षित भएको कुरा व्यक्त गर्नु हुँदै विद्यार्थी परिषद्को जुन उदेश्यले काम गरिरहेको छ र जुन ज्ञान, शील र एकता मुल मन्त्र छ त्यो मन्त्रका साथ अगाडि बढि रहेको छ त्यसले यो देशमा असल नेतृत्व र ज्ञानि विद्वानहरू जन्माउने छ भन्ने कुरा राख्नु भएको थियो । त्यसै गरि उहाँले नेपाल बुद्वको देश भएकोले बुद्वको जुन ज्ञान छ त्यसलाई हरेक विद्यार्थीले पढनु पर्ने बुझनु पर्ने र मनन गरेर अगाडि बढनु पर्ने कुरा राख्दै अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नु भएको थियोे ।

प्रमुख अतिथि डा. न्यौपानेले विद्यार्थी परिषद्को स्थापना कालको अध्यक्ष स्वयंम भएकोले त्यस समयको विद्यार्थी परिषद् र आजको विद्यार्थी परिषद् देख्दा अत्यन्तै खुसि लागेको र अबको समय विद्यार्थी परिषद्कै समय रहेकोले आगामि दिनमा विद्यार्थी परिषद्ले नै यो देशको नेतृत्व गर्ने कुरामा कुनै संका नभएको कुरा व्यक्त गर्नु हुँदै अधिवेशनको भव्य सफलताको शुभकामना दिनुभएको थियोे ।

त्यसैगरि कार्यक्रमको उद्घाटन सकारोहको अन्त्यमा स्वागत समिति अध्यक्ष महेन्द्र धमला ज्युले कार्यक्रममा उपस्थिति प्रमुख अतिथि, अतिथि तथा प्रदेश भरबाट उपस्थिति सम्पूर्ण विद्यार्थी प्रतिनिधीलाई धन्यवाद ज्ञापन गर्दै उद्घाटन सत्र समापन गर्नु भएको थियोे ।

राजनीतिक दलभन्दा माथिरहेर विगत २५ बर्ष देखि निरन्तर काम गर्दै आइरहेको नेपालको एक मात्र स्वतन्त्र विद्यार्थी सँगठनको दुई दिन सम्म चल्ने बाग्मती प्रदेश दोश्रो अभिवेशनमा विद्यार्थी परिषद् प्रदेश भरबाट आएका विद्यार्थीहरूलाई वैचारिक रूपमा र परिषद्को विगत वर्तमान र भविष्यको बारेमा विशेष प्रशिक्षण रहेको कुरा परिषद्ले बताएको छ । अधिवेशनमा वागमती प्रदेशको अधिवेशनबाट प्रदेश अध्यक्षमा डा.दयाराम भुषाल र प्रदेश सचिवमा रमेशराज भण्डारी निर्वाचित भएका छन् । अधिवेशन आज शनिबार पनि जारी छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू