शनिबार, बैशाख ४, २०७८
परोपकार समाचार स्वास्थ्य

स्वेता रक्तदान अभियानबाट सरस्वती नगरमा रक्तदान कार्यक्रम

२३ माघ, काठमाडौं । सन् २०२१ मा २ हजार पिन्ट रगत संकलन गर्ने उदेश्यका साथ शुरु गरिएको स्वेता रक्तदान अभियान २०२१ अन्तर्गत चाबहिल सरस्वती नगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

सुक्रबार १० पिन्ट रगत संकलन भएको अभियानकर्ता स्वेता श्रेष्ठले बताईन् ।

सरस्वती नगरमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाईटिका केन्द्रीय रक्तसञ्चारका डाइरेक्टर डिल्लिराम पौडेल, काठमाडौं महानगरपालिका वडा नं. ६ का वडा सदस्य कमला बयलकोटी, नेपाल रेडक्रस चाबहिल बौद्ध उपशाखाका स्वास्थ्यकर्मी, रिलायन्स कलेजका विद्यार्थीको उपस्थिती रहेको थियो ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू