बुधबार, असार २, २०७८
विज्ञान र प्रविधि समाचार स्थानीय समाचार

गोकर्णेश्वर नगरपालिकामा कर्मचारीहरुका लागि कम्प्युटर तालिम शुरु

२५ माघ, काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि कम्प्युटर तालिम शुरु भएको छ । आजबाट १५ दिने आधारभूत कम्प्यूटर तालिम शुरु भएको हो ।

तालिमको आइतबार गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले उद्घाटन गर्नु भयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मेयर चालिसेले तालिम पछि सेवाग्राहीले पाउने सेवा छिटो छरितो र गुणस्तरीय हुने विश्वास व्यक्त गर्नु हुँदै तालिमको अवसरको सदुपयोग गरि राम्रोसँग कम्प्युटर सिक्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नु भयो ।

प्रमुख प्रशासकीय अधिकृत तथा उद्घाटन कार्यक्रमका सभापति रामप्रसाद आचार्यले कर्मचारीको क्षमता अभिवृद्धिका लागि नगरपालिकासँधैं तत्पर रहेकोमा जोड दिनु हुँदै तालिम पछि नगरवासीले पाउने सेवासुविधा छिटोछरितो र गुणस्तरीय होस् भन्नाका लागि तालिम आयोजना गरिएको बताउनु भयो । उहाँले आमजनताको काम सेवाभावले गर्न समेत आग्रह गर्नु भयो ।

गोकर्णेश्वर नगरपालिका वडा नं. ४ का अध्यक्ष श्री कुमार श्रेष्ठले कम्प्युटरको ज्ञान आजको समयमा अपरिहार्य रहेकोले सिकेका कुरा व्यबहारमा उतार्न आग्रह गर्नु भयो ।

नगरपालिकाद्वारा आयोजना गरिएको तालिम ३ चरणमा ४५ जनालाई दिने प्रशिक्षक प्रकाश अर्यालले हेलो पत्रिकालाई बताए । पहिलो चरणमा १५ जना कर्मचारी प्रशिक्षणमा सहभागि भएका छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू