शुक्रबार, बैशाख १०, २०७८
प्रमुख समाचार समाज र संस्कृति

परिषद्को सुदुरपश्चिम प्रदेश अध्यक्षमा महेश भट्ट

११ फागुन, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सुदुरपश्चिम प्रदेशको दोश्रो प्रदेश अधिवेशनबाट प्रदेश अध्यक्षमा महेश भट्ट र प्रदेश सचिवमा प्रदिप भट्ट निर्वाचन भएका छन ।

फागुन १० गते साँझबाट धनगढीमा सुरू भएको अधिवेशनको प्रस्तावित तथा निर्वाचन सत्रमा विगत दुई बर्षमा सुदुरपश्चिम प्रदेशमा भएको कार्यक्रमरूकाे विवरण, सदस्यता, कार्यविस्तारको उपलब्धि सहित समेटेर निवर्तमान सचिव महेश भट्टले जिले सचिव प्रतिवेदन प्रस्तुत गरी प्रदेश कार्यकारी समितिको दुई बर्ष कार्यकाल पुर्ण रूपमा भङ्ग भएको घाेषणा गर्नु भएको थियो ।

साथै निर्वाचन अधिकारिले नयाँ प्रदेश अध्यक्ष र प्रदेशको सचिव पदका लागि निर्वाचन सुरू गरी निर्वाचनबाट नयाँ प्रदेश अध्यक्षमा महेश भट्ट र प्रदेश सचिवमा प्रदिप भट्ट सर्वसम्मत निर्वाचित भएको घोषणा गर्नु भएको थियो । दुई दिन सम्म चल्ने अधिवेशन फागुन ११ गते मंगलबार विबाहन औपचारिक रूपमा उद्घाटन भई अन्य सत्रहरू संचालन हुने परिषद्ले जनाएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू