शुक्रबार, बैशाख १०, २०७८
मनाेरञ्जन समाचार

युवा गायक गोपाल सोनामको ‘तिमी मै हराए’ म्युजिक भिडियो सार्वजनिक

१२ फागुन, काठमाडौं । ‘जिन्दगीको यो मोडमा मैले तिमिलाई भेटें, कल्पनाको सारा खुसी तिमिमा नै देखें’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । युवा गायक गोपाल सोनामको ‘तिमी मै हराए’ शीर्षकमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

काठमाडौं तारेभीर निवासी युवा गायक सोनामलाई चर्चित गायीका दिपा लामाले साथ दिएकी छिन् । सोनामका यसअघि पनि विभिन्न गीतहरु सार्वजनिक भईसकेका छन् ।

‘तिमी मै हराए’ शीर्षकमा नयाँ गीतमा प्रेमि प्रेमिकाको रमाईलो भावनालाई व्यक्त गरिएको छ । संगीत र एरेन्ज दाउथ राईको रहेको गीत अम्बिका गुरुङले लेखेकी हुन् । देवजङ्ग थापाले निर्देशन गरेको भिडियोमा सोनाम र रितु लामाको अभिनय रहेको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू