१२ फागुन, काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहले सर्वाेच्च अदालतको फैसलाको स्वागत गर्दै आज काठमाडौं शान्तिवाटिकामा विजय जुलुस निकाल्ने भएको छ । संसद् पुनः स्थापन भएको खुसियालीमा देशैभरी विजय जुलुस निकाल्न लागेको हो ।
काठमाडौंको शान्तिबाटिकामा दिउँसो १२ बजे विजय जुलुस निकालिनेछ । जुलुसमा अध्यक्षद्वय पुषपकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहभागी हुने छन् ।
पार्टीको कार्यक्रमका लागि मंगलबार चितवन पुगेका अध्यक्षद्वय काठमाडौंमा हुने विजय जुलुसमा सहभागि हुन आउनेछन् ।
उक्त समूहले आज चितवनमा आमसभा आयोजना गरेको थियो । चितवनमा आयोजित आमसभालाई सम्बोधन गर्न हिजो प्रचण्ड- नेपाल चितवन पुगेका थिए ।
Add Comment