शुक्रबार, बैशाख १०, २०७८
खेलकुद स्थानीय समाचार

तेश्रो चक्र बहादुर स्मृति छात्र फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

१३ फागुन, काठमाडौं । तेश्रो चक्र बहादुर स्मृति अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिता १५ गतेबाट शुरु हुने भएको छ । आज प्रतियोगिता आयोजक छहारी युवा क्लबले सहभागी क्लबका प्रतिनिधिहरुको उपस्थितीमा खेल तालिका सार्वजनिक गरेको छ ।

खेल तालिका सार्वजनिक गर्दै प्रतियोगिताका संयोजक संगम श्रेष्ठले प्रतियोगिताले विद्यार्थीहरुको व्यक्तित्व विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

छहारी युबा क्लबका सचिव बुद्ध श्रेष्ठले खेलाडी विद्यार्थीहरुको पढाईमा असर नपुग्ने गरी विहान, बेलुका गरी खेल खेलाईने जानकारी दिए ।
फागुन १५ गतेबाट गोकर्णेश्वर नगरपालिका वडा नं. ८ अत्तरखेलमा रहेको नेपालय इङलिस पब्लिक स्कुलमा शुरु हुने प्रतियोगितामा विभिन्न विद्यालयका २४ टिमले भाग लिएका छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू