बिहिबार, साउन १४, २०७८
प्रमुख समाचार राजनीति राष्ट्रिय

संयुक्त सरकारको कसरत

१३ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले संयुक्त सरकारको लागि कसरत अगाडी बढाएको छ । बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका नेकपा प्रचण्ड-माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले बिहीबार जनता समाजवादी पार्टीका नेताहरुसँग परामर्श गरेका छन् ।

प्रचण्ड-माधव समूहका नेताहरुका अनुसार मिलेर अगाढि बढ्ने प्रस्ताव नयाँ सरकार गठनका सन्दर्भमा राखिएको हो । दुबै दलले पार्टीमा छलफल गर्ने प्रचण्ड-माधवलाई जवाफ दिएका छन् । अब नयाँ सरकार गठनका लागि प्रचण्ड-माधव समूह, कांग्रेस र जसपा एक ठाउँमा उभिने सम्भावना रहेको नेताहरुको दाबी छ ।

जसका लागि सर्वोच्च अदालतको आदेशअनुसार प्रतिनिधिसभा (संसद) को बैठक बसेकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव टेबल गर्ने र कांग्रेस-जसपासँग मिलेर संयुक्त सरकार बनाउने प्रयास गरिरहेको छ ।

प्रधानमन्त्री ओलीको पुस ५ गतेको कदम विरुद्ध संयुक्त आन्दोलनको प्रयास गरेको नेकपा प्रचण्ड-माधव समूहले सरकार पनि मिलेर बनाउने पहल गरिरहेको नेताहरुले बताएका छन् ।

ओलीलाई कुनै पनि हालतमा स्विकार गर्न नसकिने भएकोले आफूहरु संयुक्त सरकारको पक्षमा रहेको भन्दै कांग्रेस र जसपाका नेताहरुलाई विश्वासमा लिने पहल भईरहेको र कांग्रेस, जसपाका नेताहरुले सकारात्मक रुपमा पार्टीमा छलफल गरेर निर्णय दिने बताए पछि नेकपा प्रचण्ड-माधव समूहका नेताहरु संयुक्त सरकार बन्नेमा आशावादी बन्नेमा देखिन्छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू