शुक्रबार, बैशाख १०, २०७८
कुटनीति प्रमुख समाचार राष्ट्रिय

सभापति देउवा र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता

१४ फागुन, काठमाडौँ। नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

सवोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गरेसँगै भावी प्रधानमन्त्रीका रुपमा चर्चा गरिएका सभापति देउवालाई भेट्न राजदूत क्वात्रा उनको निवास पुगेका थिए।

बिहीबार अपरान्ह भएको उनीहरुबीचको भेटमा समसामयिक राजनीतिक विकासक्रमका विषयमा छलफल भएको बताइएको छ। भेटको एजेण्डबारे औपचारिक रुपमा केही खुलाइएको नभए पनि देशका पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको बताइएको छ।

भारतको प्रतिक्रिया- ‘नेपालको आन्तरिक मामिला’ 

भारतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको मंगलबारको फैसलालाई नेपालको आन्तरिक मामिला भएको जनाएको छ । भारतको विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा फैसलाका सम्बन्धमा भारतको के प्रतिक्रिया छ भन्ने कान्तिपुरको प्रश्नमा प्रवक्ता अनुराग श्रीवास्तवले त्यस्तो बताएका हुन् ।

‘हामीले २३ फेब्रुअरीको नेपालको सर्वोच्च अदालतको फैसलालाई हेरेका छौं । हामीले विगत केही महिनादेखि नेपालको राजनीतिक घटनाक्रमलाई नजिकबाट हेरिरहेका छौं । हामीले पहिले पनि भन्दै आएको यो नेपालको आन्तरिक मामिला हो,’ प्रवक्ता श्रीवास्तवले भने । साथै उनले यसअघि जस्तै नेपालले यस किसिमका आन्तरिक विषयलाई आफ्नो लोकतान्त्रिक पद्धति र प्रणालीमार्फत निर्णय गर्नेमा भारतको विश्वास रहेको समेत बताए ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तव

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू