शुक्रबार, बैशाख १०, २०७८
प्रमुख समाचार राजनीति

नेकपाको पार्टी विवाद नटुंगिएसम्म सहकार्य गर्न नसकिने कांग्रेस र जसपाको भनाई

१४ फागुन, काठमाडौं । नेकपाको दाहाल-नेपाल समूहले प्रधानमन्त्रीविरुद्ध साझा अविश्वास प्रस्ताव दर्ता गर्नेदेखि नयाँ सत्ता समीकरणका विषयमा सहकार्यको लागि नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग प्रस्ताव अघि सारिरहेको छ।

उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले यही प्रस्ताव लिएर नेपाली कांग्रृसका सभापति र जनता समाजवादी पार्टी (जसपा) नेताहरूसँग छलफल गरेका छन्। तर, नेकपाको विवाद पहिले टुंगिनुपर्ने कांग्रेस र जसपाका नेताहरुले बताएका छन् ।

नेकपाका दुवै पक्षले कांग्रेसलाई सत्ता साझेदारीको प्रस्ताव गरेका छन् । तर, कांग्रेस तत्काल कसैतिर नखुल्ने नीतिमा देखिएको छ । प्रधानमन्त्रीका लागि प्रस्ताव आए पनि आफूले कसैलाई जवाफ नदिएको कांग्रेस सभापति देउवाले बताएका छन् ।

देउवाले नेकपा विभाजन भइनसकेकाले कुनै पनि समूहलाई साथ दिन नसक्ने बताउँदै आएका थिए । ‘हिजोको छलफलमा पनि उहाँ (देउवा) ले त्यही कुरा भन्नुभयो । नेकपा विभाजन नभई कांग्रेसले अहिले नै योरत्यो समूहलाई सहयोग गर्छु भन्नुहुँदैन’, देउवाको भनाइ उद्धृत गर्दै नेता एनपी साउदले भने, ‘तत्काल हामी तटस्थ रहन्छौं ।

हामी कसैसँग मिलेर जाने भन्ने हुँदैन ।’कांग्रेसका शीर्ष नेतासहितको पदाधिकारी बैठकले संसद्मा नेकपाका दुबै समूह कसरी अगाडि बढ्छन्, त्यहीअनुसार निर्णय लिने निष्कर्ष निकालेको छ ।

नेकपाको दाहाल-नेपाल समूहका पुष्पकमल दाहाल र माधवकुमार नेपालले नयाँ सरकार गठनका लागि सहकार्य गर्ने प्रस्ताव लिएर बिहीबार जसपा नेताहरूसँग छलफल गरेका छन्। तर, नेकपाको विवाद पहिले टुंगिनुपर्नेमा जसपा देखिएको छ।

जसपा वरिष्ठ नेता राजेन्द्र महतोले दाहाल-नेपाल पक्षको पार्टी कुन हो रु त्यो स्पष्ट हुनुपर्ने विषयमा कुरा उठाएको जानकारी दिए। ‘उहाँहरू (दाहाल-नेपाल) कसरी अगाडि बढ्ने भन्ने कुरा गर्दै हुनुहुन्थ्यो। सहकार्य गर्न सकिन्छ कि भनेर कुराहरू राख्नुभयो’, नेता महतोले भने, ‘तपाईंको कुन पार्टी हो ? पार्टी सिस्टममा पार्टी चाहियो। त्यो के हो रु त्यो प्रस्ट पार्नुस् पहिले भनेर हामीले जिज्ञासा राख्यौं।’

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू