सोमवार, चैत्र ३०, २०७७
प्रमुख समाचार लुम्बिनी प्रदेश समाज र संस्कृति

संघको लुम्बिनी सम्भाग कार्यालय उद्घाटन

फागुन १६, भैरहवा । शनिवार भैरहवाको सिदार्थ नगरमा हिन्दु स्वयंसेवक संघ नेपालको एक विशेष समारोहका साथ संघको लुम्बिनी सम्भाग कार्यालय उद्घाटन गरिएको छ । लुम्बिनी सम्भागको कार्यालयमा केशव धामको लोकार्पण भएको छ ।

भवन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय स्वयंसेवक संघका सह-सरकार्यवाह माननीय सुरेश सोनी, अतिथिहरू हिन्दु स्वयंसेवक संघका राष्ट्रिय संघचालक हेमशर्मा आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेश कुमार अग्रवाल, संघका राष्ट्रिय प्रचारक वेद प्रकाश, सह-राष्ट्रिय प्रचारक रेवित कुमार, राष्ट्रिय प्रचार प्रमुख दीपक कुमार अधिकारी लगायत विविध संगठनका प्रमुख तथा समाजका सामाजिक र धार्मिक व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो ।

नेपालको धर्म संस्कृति संरक्षण र हिन्दु समाजको लागी एक असल व्यक्ति निर्माणको माध्यमबाट सामाजिक कार्य गर्दै आईरहेको संघले वर्तमान समयमा देशैभरी स्वधर्म संस्कृति संरक्षण र जागरणको काम गर्दै आइरहेको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू