१६ फागुन, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ९ ले कृषकहरुलाई बर्खे तरकारीको बिउ बिजन वितरण गर्ने भएको छ । १८ गते मंगलबार कृषकहरुलाई बर्खे सिजनको विभिन्न तरकारीका बिउ बिजनहरु वितरण गर्ने सुचनामा जनाईएको छ ।
वडा अध्यक्ष राजिव थापाको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ– २०७७ साल फागुन १८ गते बर्खे सिजनको विभिन्न तरकारीका बिउ बिजनहरु वितरण गर्ने कार्यक्रम रहेको हुँदा इच्छुक कृषकहरुले वडा नं ९ को कार्यालय भवनमा रहेको कृषि शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
Add Comment