शनिबार, जेष्ठ २९, २०७८
अनुगमन पालिका खबर प्रमुख समाचार

गोकर्णेश्वर नगरपालिकामा उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न

फागुन २०, काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा वस्तु तथा सेवा आपूर्ति गर्ने व्यवसायि तथा माग तथा उपभोग गर्ने नागरिकहरुका लागि सचेतना कार्यक्रम आयोजना गरिएको छ ।

बुधबार कार्यक्रमको उद्घाटन उपमेयर शान्ति नेपालले गर्नु भयो । गोकर्णेश्वर नगरपालिका आर्थिक विकास समिति संयोजक तथा वडा नं. ८ का वडा अध्यक्ष मनोजकुमार ढुंगानाको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा वस्तु तथा सेवा आपूर्ति गर्ने व्यवसायि र उपभोक्ता नागरिकहरु बीचको स्वस्थ सम्वन्धमा जोड दिईयो । व्यवसायि र उपभोग गर्ने नागरिक सचेत भए बजारमा अखाद्य वस्तु तथा सेवा आपूर्ति र उपभोग नहुनेमा वक्ताहरुले जोड दिए ।

कार्यक्रममा प्रमुख अतिथी तथा उपमेयर शान्ति नेपालले उपभोक्ताहरु विभिन्न किसमिले ठगिरहेका हुनाले उपभोक्ता आफैं सचेत हुनु पर्नेमा जोड दिनु भयो । जानेर वा नजानेर बजारमा ठगीका क्रियाकलाप हुने गरेको भए पनि ठगी गर्नेहरुले सजाय पाउने भएकोले व्यापारी, व्यवसायि पनि सचेत हुनु पर्ने औंल्याउनु भयो । उहाँले नगरपालिकामा व्यापार व्यवसायबाट ठगी गर्नेहरुलाई कडा कारवाही भईरहेको बताउनु हुँदै ठगी गर्नेहरुको विरुद्ध उजुरी गर्न समेत आग्रह गर्नु भयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले उपभोक्ताले स्वस्थ वस्तु उपभोग गर्न पाउने अधिकार भएकोले व्यवासायिले पनि परिस्कृत ढंगले व्यापार व्यवसाय सञ्चालन गर्नु पर्ने बताउनु भयो । उपभोक्ता र व्यवसायिको राम्रो सम्वन्धले स्वस्थ बजार र उपभोग संस्कृति विकास हुने भएकोले सचेतना कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नु भयो ।

गोकर्णेश्वर नगरपालिका आर्थिक विकास समिति संयोजक तथा सचेतना कार्यक्रमका सभापति मनोजकुमार ढुंगानाले गोकर्णेश्वर नगरपालिकामा व्यवस्थित बजार निर्माणका लागि नगरपालिका व्यवसायि र नागरिकहरुसँग सहकार्य गर्दै अगाडी बढ्ने बताउनु भयो । उहाँले उत्पादक तथा व्यवसायिका समस्या समाधान गर्न नगरपालिका तयार रहेको बताउनु हुँदै उपभोक्ता सचेत भए बजारमा वस्तु सेवाको खरिद बिक्रिमा ठगी कम हुने बताउनु भयो ।

नगरपालिकाका बजार व्यवस्थापन समितिका संयोजक दुर्गा बरालले उपभोक्ताहरु सामान खरिद गर्दा सचेत हुनु पर्ने र व्यवासायिले उपभोक्ताको स्वास्थ्य माथी खेलवाड गर्न नहुने बताउनु भयो । उहाँले बील बिना सामान खरिद नगर्न उपभोक्तालाई आग्रह गर्नु भयो ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक सागर विष्टले वस्तु तथा सेवा आपूर्ति गर्ने व्यवसायि तथा माग तथा उपभोगका विविध पक्षमा प्रशिक्षण दिनु भएको थियो । सचेतना कार्यक्रमको सञ्चालन नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख दिपक थापाले गर्नु भएको थियो ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू