२० फागुन, काठमाडौं । पूर्वी काठमाडौं नयाँ सहरी विकास आयोजना अन्तरगत जग्गा एकिकरण गर्नका लागि जग्गा धनि तथा मोहीहरुसँग अन्तरक्रिया हुने भएको छ । अन्तरक्रिया फागुन २२ गते ८ बजे जोरपाटी पिस ब्यांक्वेटमा हुनेछ ।
गोकर्णेश्वर नगरपालिका वडा नं १, २ र ४ कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं १, २, ३ र ४ तथा शंखरापुर नगरपालिकाको वडा नं ९ मा रहेका जग्गा धनि तथा मोहीहरुसँग अन्तरक्रिया गरिने भएको छ ।
सो सम्वन्धमा गोकर्णेश्वर नगरपालिका वडा नं. १ का अध्यक्ष राम मानन्धरले सार्वजनिक सूचना जारी गरि वडावासीहरुलाई कार्यक्रममा सहभागिताका लागि अनुरोध गर्नुभएको छ । पूर्वी काठमाडौं नयाँ सहरी विकास आयोजना अन्तरगत जग्गा एकिकरण गर्नका लागि जग्गा धनि तथा मोहीहरुसँग अन्तरक्रिया गर्न लागिएको हो ।
Add Comment