शनिबार, जेष्ठ २९, २०७८
प्रमुख समाचार समाज र संस्कृति

जनजाति कल्याण आश्रम नेपालको वार्षिक उत्सव सम्पन्न

फागुन २३, ललितपुर । जनजाति कल्याण आश्रम नेपाल, आमाको माया छात्रावास, बागमति प्रदेशको वार्षिकोत्सव कार्यक्रम ललितपुरको डि.ए.भि कलेजमा एक विशेष समारोहका साथ सम्पन्न भएको छ ।

कल्याण आश्रमको बार्षिक उत्वस कार्यक्रममा संयोजक प्रमोद कुमार अग्रवाल, प्रमुख अतिथिमा भारतिय राजदुत श्री विनय मोहन क्वात्रा, बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा बिकास समितिका अध्यक्ष श्री फुपु छेम्बे शेर्पा(थुप्तेन जिग्दोल), बिशिस्ट अतिथिमा बरिस्ठ चिकित्सक तथा नागरिक समाजका अगुवा डा सुन्दरमणि दिक्षित जि, अन्य अतिथिमा पुर्व प्रहरि महानिरीक्षक श्री अच्युतकृष्ण खरेल, संघका राष्ट्रिय सहसंघचालक श्री कल्याण कुमार तिम्सिना, राष्ट्रिय सह प्रचारक श्री रेवित कुमार, ज. क. आश्रमका महासचिव श्री प्रेम थुलुङ हुनुहुन्थ्यो । कार्यक्रममा विभिन्न संगठनका प्रमुख तथा समाजका प्रतिष्ठित व्यापारी, प्राज्ञिक व्यक्तित्व साथै समाजसेवी सामाजिक एवं आध्यात्मिक व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

जनजातिको क्षेत्रमा विगत १८ बर्षदेखि निरन्तर रूपमा विभिन्न क्षेत्रका जनजातिहरूको धर्म संस्कार संस्कृतिको संरक्षण गर्दै जनजाति कल्याण आश्रमले अनवरत रूपमा काम गर्दै आईरहेको जनजाति कल्याण आश्रमले जनाएको छ ।

जनजातिहरूको स्वधर्म, संस्कृति एवं परम्पराको संरक्षण एवं सर्वाङ्गीण विकास गर्ने उद्देश्य लिई विगत १८ वर्षदेखि जनजाति कल्याण आश्रम, नेपाल कार्यरत छ । सामाजिक सुविधाहरूबाट वञ्चित बालबालिकाहरूलाई शिक्षा, स्वास्थ्य, स्वावलम्बन तथा संस्कार प्रदान गर्न कल्याण आश्रमद्वारा देशका विभिन्न ११ स्थानमा ‘आमाको माया छात्रावास’ सञ्चालित छन् । यीमध्ये काठमाडौँ सम्भाग अन्तर्गत पाँचवटा छात्रावासद्वारा शिक्षा, आवास, भोजन आदिको निःशुल्क व्यवस्था स्थानीय समाजको सहयोगबाट गरिँदै आएको छ ।

यसबाहेक झापा, मोरङ तथा चितवन जिल्लाका ग्रामीण भेगमा ८५ वटा जनजाति शिक्षा तथा संस्कार केन्द्र सञ्चालित छन्, जहाँ स्थानीय बालबालिकाहरूलाई शिक्षा एवं संस्कार प्रदान गरिएको छ । साथै जनजाति समाजमा आफ्ना सांस्कृतिक परम्परा र प्रतीकहरूप्रति श्रद्धा भाव जागरणका लागि शताधिक श्रद्धा जागरण केन्द्र कल्याण आश्रमद्वारा सञ्चालित छन् ।

जनजाति कल्याण आश्रमले नेपालको जनजातिहरूलाई उनिहरूको स्वधर्म संस्कृति र परम्परालाई बचाई राख्नका लागी नेपालका, चेपाङ, राउटे, चौधरी, सन्थाल, लगायत अनेकौं जनजातिहरूलाई समाजमा जागरण र उनिहरूलाई समाजको अग्रपन्थीमा ल्याउन र उनिहरूको संस्कृतिलाई समाजमा उजागर गर्ने काम गरिरहेको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू