शनिबार, जेष्ठ २९, २०७८
खेलकुद पालिका खबर प्रमुख समाचार

गोकर्णेश्वरमा नगरस्तरीय महिला म्याराथन सम्पन्न

२४ फागुन, काठमाडौं । १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौं गोकर्णेश्वर नगरपालिकामा नगरस्तरीय महिला म्याराथन सम्पन्न भएको छ ।

परिवर्तनशील महिला समाजद्वारा आयोजना गरिएको म्याराथनमा बालकुमारी घिमिरे प्रथम भएकी छिन् । यसैगरी धनु वाईबा द्वितीय, सीता वाइबा तृतीय र मैयाँ नायजुले चौथो भई सान्त्वना पुरस्कार जितेकी छन् ।

यसैगरी म्याराथनमा फूलमाया घिसिङ पाँचौ, शारदा लामा छैटौं, देवकी खड्का सातौं, रञ्जना सापकोटा आठौं, देवीसरा विश्वकर्मा नवौं, अमृता के.सी. (रोनी) दशौं स्थान हात पार्न सफल भए ।

जोरपाटी चोकबाट शुरु भएको म्याराथन गोकर्ण मन्दीर परिसरमा गएर टुंगिएको थियो । म्याराथनमा सहभागि महिलाहरुलाई गोकर्णेश्वर नगरपालिकाका उपमेयर तथा प्रमुख अतिथी शान्ति नेपालबाट पुरस्कार राशी, शिल्ड, मेडल र प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

प्रतियोगितामा प्रथम हुनेलाई रु ५ हजार, दोश्रो हुनेलाई रु ३ हजार, तेश्रो हुनेलाई रु २ हजार र सान्त्वना पुरस्कार रु १ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

 

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू