सोमवार, चैत्र ३०, २०७७
अनुगमन प्रमुख समाचार

सरोकारवालाहरुको गुनासो उपभोक्ता सँधैं ठगिको मारमा

चैत्र २, काठमाडौँ । विश्व उपभोक्ता अधिकार दिवस–२०७७ को अवसरमा उपभोक्ता अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बजारमा उपभोक्ता ठगिमा परेको उपभोक्ता संरक्षण मञ्चले गुनासो गरेका छन् ।

कार्यक्रममा सुचना आयोगका पुर्व आयुक्त कृष्णहरि बास्कोटाले उपभोक्ताहरू कस्तो कस्तो ठाँउमा ठगि परेका छन र कसरी ठगि परिरहेका छन भनेर वस्तुगत रूपमा तयार पारिएको एक विशेष कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । त्यस कार्यपत्र माथि उपस्थित उपभोक्ताहरूले आ–आफ्नो धारणहरू राख्ने क्रममा सरोकारवालाहरूले मन्त्री लेखराज भट्टलाई बजार अराजक बन्दै गइरहेकोले उपभोक्ताहरू बारम्बार ठगिमा परिरहेको गुनासो पोखेका थिए ।

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले “सरकारले नियमित रूपमा बजार अनुगमन गरिरहेको र कुनै पनि किसिमको ठगि कार्यहरूलाई तुरून्तै कार्बाही गर्दै आईरहेका” कुरा बताए । साथै उनले  विद्यार्थी र उपभोक्ता अधिकारकर्मीहरू विश्वविद्यालयको प्रोफेसर भएको उल्लेख गदै मैले आज कार्यक्रमबाट आएको सुझाबहरूलाई कार्यन्वयनको दिशामा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

विश्व उपभोक्ता अधिकार दिवस–२०७७ को अवसरमा वाणीज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागको आयोजना र नेपाल आयल निगमको सह आयोजनामा सम्पन्न भएको थियो ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू