बिहिबार, साउन १४, २०७८
नारी संसार स्थानीय समाचार

गोकर्णेश्वर ५ मा उद्घोषण तालिम सम्पन्न

चैत १७, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नं. ५ स्थित तराना महिला विकास समितिद्वारा सञ्चालित ७ दिने उद्घोषण तालिम सम्पन्न भएको छ ।

कार्यक्रममा नगरपालिका उपप्रमुख शान्ति नेपालले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरेकी थिईन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी नेपालले महिलाहरुको अधिकारमाथी अझै हस्ताक्षेप भईरहेको भन्दै मौन बस्न नहुने बताईन् । महिलालाई संविधानले दिएको अधिकारमा समेत हस्ताक्षेप गर्ने पुरातन सोच अझै अन्त्य हुन बाँकी रहेको बताईन् । महिलाहरु घरबाहिर पनि आफ्नो निर्णयसहितको नेतृत्वको खोजि गर्न आग्रह गरिन् ।

त्यस्तै गोकर्णेश्वर वडा ५ का सदस्यहरु दुर्गा फुयाल (तिम्सिना) लिलामणि खतिवडा, मुकुन्द फुयाँल लगायतले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई शुभकामना तथा बधाई दिएका थिए । तराना महिला विकास समितिका अध्यक्ष बसन्ती लामाको अध्यक्षतामा तालिम सम्पन्न भएको हो । ३० जना प्रशिक्षार्थीहरु सहभागी रहेको सो तालिममा प्रारम्भ खबरका प्रधान सम्पादक भिम लामाले प्रशिक्षण दिएका थिए ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू