सोमवार, चैत्र ३०, २०७७
प्रदेश २ प्रमुख समाचार

बिहारको सीतामढीमा भेटिए महोत्तरीबाट बेपत्ता सात किशोरी र बालिका

१८ चैत, महोत्तरी । मंगलबारदेखि बेपत्ता भएका महोत्तरी, भंगाहाका ७ किशोरी तथा बालिका भारत, विहारको सीतामढी पुगेको पाइएको छ ।

उनीहरू सीतामढी पुगेको भनी स्थानीय प्रहरीले नेपाल प्रहरीलाई खबर गरिसकेको भंगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले जानकारी दिए । उनले प्रहरीलाई उद्धृत गर्दै जनाए अनुसार सबै किशोरीहरू सकुशल छन् ।

मंगलबार दिउँसो २ बजे घाँस काट्न भनी गएका उनीहरू नफर्किएका हुन् । बेपत्ता हुनेमा भंगाहा नगरपालिका-८ धर्मपुरका १८ वर्षका अस्मिता पासवान र नागिना पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षका अर्चना पासवान र रिया पासवान, १० वर्षका रञ्जना पासवान र सीमा पासवान छन् । (इ-कान्तिपुर)

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू