सोमवार, चैत्र ३०, २०७७
प्रदेश १ समसामयिक समाचार

विद्यार्थी परिषद्काे राष्ट्रिय मिडिया प्रमुखमा कृष्ण हुमागाई चयन

चैत २३, विराटनगर । चैत्र २०, २१ र २२ गते विराटनगरमा भएको प्राज्ञिक विद्यार्थी परिषद्, नेपालकाे राष्ट्रिय अधिवेशनबाट संचारकर्मी निजगढ बाराका कृष्ण हुमागाई विद्यार्थी परिषद्काे राष्ट्रिय मिडिया प्रमुखमा चयन भएका छन् ।

युवाहरूकाे क्षेत्रमा कार्य गर्दै आईरहेका बाराका कृष्ण हुमागाई पछिल्लो समय अनलाइनमा सक्रिय रहँदै आएका छन् भनें छात्र विचार पत्रिकाकाे उप सम्पादक समेत रहेका छन् ।

हरेक दुई दुई बर्षमा हुने एक स्वतन्त्र विद्यार्थी संगठनकाे राष्ट्रिय अधिवेशन एक संकल्प राष्ट्रका लागि भन्ने मुल मन्त्रका साथ विरनटनगरकाे अतिथि सदनमा भएको हाे ।

नेपाल विघुत प्राधिकरणकाे पुर्व कार्यकारी निर्देशक तथा उज्यालो नेपालका अभियानता कुलमान घिसिङबाट उद्घाटन गरिएको कार्यक्रममा मेचि देखि महाकाली सम्मका ५ सय भन्दा बढि युवा विद्यार्थीहरूकाे सहभागीता रहेकाे थियोे ।

परिषद्को आठौँ राष्ट्रिय अधिवेशनबाट डा. गोपीनाथ कँडेल राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका छन् । राष्ट्रिय उपाध्यक्षमा प्रा. दयाराम पौडेल (चितवन), अच्युतपन्त (रुपन्देही) र पुष्पराज खतिवडा (तनहुँ) चयन भएका छन् ।

 

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू