बुधबार, असार २, २०७८
समाचार स्थानीय समाचार

भगवती युवा क्लबले नगरस्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने

२३ चैत, काठमाडौं । भगवती युवा क्लबले १५ औं वार्षिक उत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता गर्ने भएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं। ९ शंखडोलमा रहेको क्लबद्वारा आयोजना गरिने नगरस्तरीय विभिन्न खेलकुद प्रतियोगिताकोे चैत्र २८ गते विहान ८ बजे उद्घाटन हुनेछ ।

क्लबले आफ्नो स्थापनाको १५ औं वार्षिक उत्सवको अवसरमा ब्याडमिण्टन प्रतियोगिता, ह्विलचियर प्रतियोगिता, कराँते प्रतियोगिता, हाफ म्याराथन प्रतियोगिता आयोजना गर्नेछ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू