शनिबार, जेष्ठ १, २०७८
कोरोना प्रदेश २ समाचार

वीरगञ्जमा संक्रमण भयावह, १४० जनाको कोरोना परीक्षण गर्दा ९९ जनामा संक्रमण

१२ वैशाख, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा आइतबार गरिएको परीक्षणमा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

१ सय ४० जनाको स्वाब परीक्षण गर्दा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए।

संक्रमण देखिएका मध्ये सबैभन्दा बढी संक्रमित पर्सा जिल्लाका रहेका छन्। पर्सामा ८६ जनामा संक्रमण देखिएको छ।

यस्तै बाराका १० जना, रौतहटका २, र सर्लाहीका एक जनामा संक्रमण पुष्टि भएको डाक्टर दासले बताए।

संक्रमण देखिनेमा १० वर्षका बालकदेखि लिएर ७२ वर्षका बृद्धसम्म रहेका छन्। संक्रमितमध्ये ६५ पुरुष र ३४ जना महिला छन्।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”