मङ्लबार, जेष्ठ ४, २०७८
कोरोना प्रमुख समाचार राष्ट्रिय

स्वास्थ्य अधिकारीको चेतावनी- अब स्वास्थ्य पूर्वाधारले थेग्दैन !

3D illustration of Coronavirus, virus which causes SARS and MERS, Middle East Respiratory Syndrome

१३ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकालगायत देशभर नै कोरोना संक्रमितको संख्या बढिरहेका बेला रोकथाम र नियन्त्रणका लागि निर्णय गर्न सरकार पछि परिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उच्च तहले असन्तुष्टि जनाएको छ।

उच्च स्रोतका अनुसार मन्त्रालयले चैतदेखि नै विद्यालय बन्द गरेर भीडभाड हुने सम्पूर्ण कार्य बन्द गर्न सिफारिस गरे पनि सरकारले यथोचित निर्णय नगर्दा स्थिति भयावह बन्दै गएको हो। ‘हामीले विद्यालय नखोलौं, भारतबाट आउने विमानलाई रोकौं, स्थलमार्गबाट पनि भारतीयको प्रवेश रोकौं, जात्राहरू हुन नदिऊँ भनेका थियौं,’ मन्त्रालय स्रोतले भन्यो, ‘तर हाम्रो कुरा कसैले सुनेनन्।

अब अहिले अवस्था यस्तो आयो।’ उक्त स्रोतका अनुसार अहिलेकै स्थिति एक साता चल्ने हो भने काठमाडौंको स्वास्थ्य पूर्वाधार पूर्ण रूपमा धराशायी हुन सक्छ। ‘बेलायतमा म्युटेसन देखिँदा उडान बन्द गर्ने, भारतलाई खोल्ने ?’ स्रोतले भन्यो।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू