मङ्लबार, जेष्ठ ४, २०७८
कोरोना प्रमुख समाचार

विश्वभरि मृत्यु हुने ३२ लाख ०६ हजार नाघ्यो

वैशाख १९, काठमाडौँ । महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड९१९० का कारण विश्वभर ३२ लाख ०६ हजार ६३४ जनाको मृत्यु भएको छ ।

हालसम्मको तथ्यांक अनुसार विश्वका १५ करोड २८ लाख १९ हजार ३७६ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै, १३ करोड ९२ हजार ४७७ जनाको उपचारपछि निको भएका छन् । अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ ।

अमेरिकामा ५ लाख ९० हजार ७०४ जनाको मृत्यु भएको छ भने ३ करोड ३१ लाख ४६ हजार ००८ जनामा संक्रमित फेला परेका छन् । पहिलो पटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ । यस्तै, ब्राजिल, भारत, स्पेन, फ्रान्स, बेलायत, इटलीमा मृत्यू हुनेहरुको संख्या प्रत्येक देशमा ४० हजारभन्दा बढी पुगेको छ ।

इटलीमा मृत्यू हुनेको संख्या १ लाख भन्दा बढी छ । ब्राजिलमा ४ लाख ०६ हजार ५६५, भारतमा २ लाख १५ हजार ५४२, स्पेनमा ७८ हजार २१६, फ्रान्समा १ लाख ०४ हजार ७०६, बेलायतमा १ लाख २७ हजार ५२४ जनाको मृत्यु भइसकेको छ । विश्वका २१२ मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ । नेपालमा ३ लाख २८ हजार ८९३ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने हालसम्म ३२९८ को मृत्यु भएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू