मङ्लबार, जेष्ठ ४, २०७८
प्रमुख समाचार राजनीति वागमती प्रदेश

नेपाली कांग्रेस नुवाकोटले पार्टी कार्यालयलाई कोभिड अस्पताल बनाउन दिने

२० बैशाख, काठमाडौं । नेपाली कांग्रेस नुवाकोटले पार्टी कार्यालयलाई कोभिड अस्थायी अस्पतालको रुपमा प्रयोग गर्न उपलब्ध गराउने निर्णय गरेको छ ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालहरु भरिन थालेको अवस्थामा नेपाली कांग्रेस नुवाकोटले १२० शैयाको अस्पताल सञ्चालन गर्न मिल्ने पार्टी कार्यालय उपलब्ध गराउने निर्णय गरेको हो ।

विदुरस्थित पार्टी कार्यालय भवनलाई अस्थायी कोभिड अस्पतालको रुपमा प्रयोग गर्न जिल्ला कोभिड रोकथाम तथा नियन्त्रण केन्द्रलाई आग्रह गरेको नुवाकोट कांग्रेसको सभापति जगदिश्वरनरसिंह केसीले जानकारी दिए ।

कोरोनाका बिरामी बढ्दै गएपछि आगामी दिनमा थप जटिलता बढ्ने संकेत देखिएको र भोलिका दिनमा अस्पताल अभावको कारण संक्रमितलाई समस्या नहोस् भनेर उक्त निर्णय गरेको सभापति केसीले बताए ।

यसअघि कोरोनाको पहिलो लहरमा पनि नेपाली कांग्रेस नुवाकोटले पार्टी कार्यालयलाई आइसोलेसन सेन्टरको रुपमा प्रयोग गर्न उपलब्ध गराएको थियो ।

कोरोना महामारीको अवस्थामा हरेक नागरिकको जीवन रक्षाका लागि नेपाली कांग्रेस नुवाकोट प्रतिवद्ध रहेको नेता केसीले बताए ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू