बिहिबार, साउन १४, २०७८
राजनीति राष्ट्रिय समाचार

संघीयता खारेज गर्न राप्रपा अध्यक्ष थापाको आग्रह

२० बैशाख, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले संघीयता खारेज गर्नु उपयुक्त हुने बताएका छन् ।

सोमबार साँझ सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै सरकारले राजनैतिक स्वार्थ र दाउपेचमा प्रदेश प्रमुखहरुलाई प्रयोग गर्ने गरेको र सरकारले चाहेको बखत हटाउने र राख्ने गरेको भन्दै उक्त कार्य गलत र संविधानको भावना विपरितका साथसाथै स्वेच्छाचारिता र सर्वसत्तावादी भएको भन्दै यस्ता कार्यहरु गर्नु भन्दा संघीयता नै खारेज गर्नु उचित हुने बताएका हुन् । उनले ट्विट गर्दै भनेका छन्,

‘राजनीतिक स्वार्थ र दाउपेचमा प्रयोग गर्ने उद्देश्य राखी प्रदेश प्रमुख जस्तो गरीमामय संवैधानिक पदमा रहेका व्यक्तिलाई जतिबेला मन लाग्यो हटाउने र राख्ने सरकारको काम गलत र संविधानको भावना विपरित छ। यो कार्य स्वेच्छाचारी र सर्वसत्तावादको द्योतक हो। यस्तो काम गर्नु भन्दा संघीयता खारेज गर्नु बेस।’

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू