बिहिबार, साउन १४, २०७८
प्रमुख समाचार राजनीति विश्व

पश्चिम बंगालमा विजय उन्माद : ममता समर्थकबाट व्यापक हिंसा

२१ बैशाख, काठमाडौं । पश्चिम बंगालमा निर्वाचन परिणाम पछि व्यापक हिंसा भएको छ । विजय उन्मादमा रहेका तृणमुल कांग्रेस (टिएमसी) का कार्यकर्ताहरुले निर्वाचन परिणाम पछि राज्यभर व्यापक हिंसा मच्चाई रहेका छन् ।

भारतीय जनता पार्टीका नेता, कार्यकर्ता, समर्थक, मतदाताहरुलाई लक्षित गरी व्यापक आगजनी, तोडफोड, मरणासन्न हुने गरी कुटपिट गरिनुका साथै उनीहरुका पसल र घरहरुमा समेत आगजनी गरिएको छ । भाजपाका नेता कार्यकर्ताहरु लक्षित हिंशामा १० जना व्यक्तिको मृत्यु भईसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भाजपा नेताहरूले टीएमसी समर्थकहरूलाई प्रजातन्त्रको हत्या गरेको आरोप लगाउँदै राज्यमा भएको हिंसाको निन्दा गरेका छन् । भाजपाले उसको कार्यालयमा तोडफोड र जलाएको भिडियो सामाजिक सञ्जालमा साझा गरे पछि भाइरल भएको छ । भाजपाले आरोप लगाएको छ कि दक्षिण परगनामा भाजपालाई भोट दिने र चुनावमा पार्टीका लागि काम गर्ने कार्यकर्ताका २४ घरहरू भत्काइएका छन् ।

यसै गरी पश्चिम बंगालमा निर्वाचन परिणामहरू पछि व्यापक हिंसाको मुद्दा सर्वोच्च अदालतमा पुगेको छ । धेरै स्थानहरूमा भएको हिंसाको बारेमा सर्वोच्च अदालतमा जनहित याचिका (पीआईएल) दायर गरिएको छ । यस याचिकामा अदालतले हिंसात्मक घटनाहरूको सीबीआई अनुसन्धानको माग गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले राज्यका गभर्नरसँग राज्यको घटनाक्रमबारे कुरा गर्दा चिन्ता व्यक्त गरेका छन् । यसै बखत राज्यपालले राज्यमा भइरहेको राजनैतिक हिंसाप्रति आफू सचेततापूर्वक हेरिरहेको बताएका छन् ।

बीजेपीले ५ मे मा देशव्यापी प्रदर्शन गर्दै

त्यस्तै हिंसाको विरुद्धमा बीजेपीले मे ५ मा देशव्यापी प्रदर्शनको घोषणा गरेको छ । भाजपा कार्यकर्ताहरूले हिंसाको विरूद्ध विभिन्न जिल्लामा धर्ना दिनुका साथै प्रदर्शन पनि गर्ने छन् । यी विरोध प्रदर्शन कोभिड दिशानिर्देशहरु पलना गर्दै गरिनेछ । हिंसाको खबर पाउने बित्तिकै बीजेपी अध्यक्ष जेपी नड्डाले दुई दिनको बंगाल भ्रमण गर्ने घोषणा गरेका थिए, आज उनी कोलकाता पुगेका छन् ।

भाजपा नेताहरूले टीएमसी समर्थकहरूलाई प्रजातन्त्रको हत्या गरेको आरोप लगाउँदै राज्यमा भएको हिंसाको निन्दा गरेका छन् । राजनीतिक विश्लेषकहरुले पनि तृणमुल कांग्रेस (टिएमसी)को गतिविधि गैर प्रजातान्त्रिक भएको बताएका छन् । उनीहरुले हिंसा गर्नेहरुलाई सरकारले कडा भन्दा कडा सजाय दिन माग गरेका छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू