बुधबार, असार २, २०७८
प्रमुख समाचार राजनीति राष्ट्रिय

‘ओलीसँग अहिलेसम्म कुनै सहमति भएको छैन’ : माधव नेपाल

२४ बैशाख, काठमाडौं . एमाले नेता माधवकुमार नेपालले अध्यक्ष केपीशर्मा ओलीसँग अहिलेसम्म कुनै सहमति नभएको बताएका छन्। शुक्रबार फेसबुकमार्फत नेपालले विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहेपनि हालको वार्तामा कुनै सहमति नभएको प्रष्ट्याएका छन्।

उनले २०७७ फागुन २८ गते र तत्पश्चात बसेका बैठकका निर्णय फिर्ता लिनुपर्ने र २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै आफ्नो बटम लाइन भएको बताएका छन्। ‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो। यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिलेसम्म कुनै सहमति भएको छैन।’

नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘२०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो।’

नेपालले कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महानअभियानमा लागिरहन आह्वान गरेका छन्।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू