बुधबार, असार २, २०७८
प्रमुख समाचार राजनीति राष्ट्रिय

ओली सरकारले विश्वासको मत पाएन

२७ बैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को विश्‍वास गुमाएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा ओलीले पेस गरेको विश्वासको मतको प्रस्ताव संसद्‌मा अस्वीकृत भएको छ ।

ओलीले राखेको प्रस्तावको पक्षमा ९३ जना सांसदले मतदान गरेका थिए । विपक्षमा १२४ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, जसपाका ९उपेन्द्र यादव-बाबुराम भट्टराई० समूहका सांसदले मत दिएका छन् ।

तटस्थ १५ मत परेको सभामुखले जानकारी गराए । एमालेका झलनाथ खनाल-माधवकुमार नेपाल समूहका २७ सांसद अनुपस्थित रहेका छन् । आजको मतदानमा जम्मा २ सय ३२ जना सांसद सहभागि थिए ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू