बुधबार, असार २, २०७८
प्रमुख समाचार राजनीति राष्ट्रिय

ओलीको पक्षमा ९३ र विपक्षमा १२४, एमालेका कस्ले भोट दिएनन् !

२७ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत गुमाएका छन् । आज प्रतिनिधि सभामा भएको मतदानमा ओलीको पक्षमा ९३ र विपक्षमा १२४ मत परेको छ । बैठकमा २३२ जना सांसद उपस्थित थिए ।

सभामुख अग्निप्रसाद सापकोटाले ओलीको पक्ष र विपक्षमा सो मत परेको जानकारी गराएका हुन् ।

ओली स्वयमले आज विश्वासको मत लिनका लागि बैठक आह्वान गरेका थिए । संसद्मा विश्वास गुमाएसँगै ओली सरकार कामचलाउ भएको छ ।

संसद बैठकमा सत्तारुढ नेकपा एमालेको खनाल-नेपाल समूहका २८ सांसद अनुपस्थित भए । उनीहरुले आज बिहान बैठक गरेर संसदमा अनुपस्थित हुने निर्णय गरेका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मत नहाल्ने एमाले सांसदको सूची सार्वजनिक गरेका छन् । नामावली यस्तो छः

१. योगेश भट्टराई
२. झलनाथ खनाल (अस्पतालमा)
३. पवित्रा निरौला खरेल
४. भवानी खापुङ
५. जयकुमार राई
६. यज्ञराज सुनुवार
७. गणेश पहाडी
८. विरोध खतिवडा
९. कृष्णलाल महर्जन
१०. माधवकुमार नेपाल
११. जीवनराम श्रेष्ठ
१२. नारायण खतिवडा
१३. घनश्याम भुसाल
१४. गोकर्ण विष्ट
१५. सोमप्रसाद पाण्डे
१६. मेटमणी चौधरी
१७. झपट रावल
१८. भीमवहादुर रावल
१९. दिपकप्रकाश भट्ट
२०. सुरेन्द्र पाण्डे
२१. रामकुमारी झाँक्री
२२. सरला यादव
२३. पुष्पाकुमारी कर्ण
२४ं कल्याणी खड्का
२५. निरादेवी जैरु
२६. कलिला खान
२७. लक्ष्मीकुमारी चौधरी
२८. मुकुन्द न्यौपाने

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू