बुधबार, असार २, २०७८
कोरोना प्रमुख समाचार राष्ट्रिय

काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा

प्रतिकात्मक तस्विर

२८ बैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । मंगलबार उपत्यकाका तीनवटै जिल्ला प्रशासनबीचको बैठकले थप दुई साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

वैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई थप कडा बनाउँदै दुई साता थप गरिएको छ । ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार अत्यावश्यकबाहेक सबै सरकारी कार्यालयबाट हुने सेवा प्रवाह स्थगित गरिएको छ ।

अत्यावश्यक सेवा पनि सीमित कर्मचारीबाटै प्रवाह गर्न निर्देशन दिइएको छ । त्यस्तै राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका परेमा आयोजनाबाहेकका सबै निर्माण कार्यमा पनि रोक लगाइएको छ ।

महामारीको चेन ब्रेक गर्नलाई निषेधाज्ञाको समय दुई साता थप्नुका साथै आदेशलाई कडाइका साथ लागू गर्न तीनवटै प्रशासनको संयुक्त बैठकले निर्णय गरेको छ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू