बुधबार, असार २, २०७८
प्रमुख समाचार शिक्षा

विद्यार्थी परिषद्द्वारा कोरोना महामारी व्यवस्थापनको लागि सरकारलाई ध्यानाकर्षण

२ जेष्ठ, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले कोरोना महामारी व्यवस्थापनको लागि नेपाल सरकारलाई ध्यानाकर्षण गरेको छ ।

राष्ट्रिय अध्यक्ष गोपिनाथ कण्डेल र राष्ट्रिय महासचिव छितराज न्यौपानेको हस्ताक्षर रहेको विज्ञप्तिमा नेपाली जनताको जीवन रक्षा गर्दै वर्तमान परिस्थितिको उचित व्यवस्थापन गर्नुपर्ने, सरकारले कोरोना महामारी नियन्त्रण एवं रोकथामका लागि निषेधाज्ञामा मात्र नभई अन्य विकल्पहरु पनि खोज्नुपर्ने सुझाव दिएका छन् ।

साथै जनताको जीवनको रक्षा गर्ने खोपमा पनि कमिसनको कुरा नमिलेको खरिद प्रक्रियामा र औषधी र अक्सिजन सिलिण्डरहरूको दुरूपयोग भएकोमा संघले गंभीर ध्यानाकर्षण भएको जनाएको छ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले वर्तमान नेपाल सरकारको अमानवीय गैरजिम्मेवारीपूर्ण अनैतिक व्यवहारप्रति ध्यानाकर्षण भएको जोड दिदैं सुझावहरू दिएको छ ।

परिषद्ले राष्ट्रिय स्वास्थ्य संकटकाल घोषणा गर्न, स्वास्थ्य सेवा चुस्त दुरुस्त बनाउदै विषेशज्ञहरुको सल्लाह लिन, स्थगित भएका परीक्षाहरूलाई सञ्चालन गर्न वैकल्पिक उपाय अपनाउदैं विद्यार्थीहरूको शैक्षिक सत्र खेर नजाने व्यवस्था मिलाउन, राष्ट्रिय मिडियाहरूद्धारा लकडाउनमा घरमा बसेका बालबालिकाहरुलाई लक्षित गर्दै देशको इतिहास, संस्कृति र रचनात्मक एवं सिर्जनात्मक शिक्षा दिने वातावरण बनाउन, किसानहरूलाई विशेष राहत दिन, लकडाउनभरि मजदुरहरूलाई आर्थिक सहयोग भोजन र आवासको व्यवस्था गर्न, नयाँ बजेटमा कोरोना प्रभावित क्षेत्रहरूलाई सम्वोधन हुने गरी बजेट ल्याउन सुझाव दिएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू