बुधबार, असार २, २०७८
प्रमुख समाचार राष्ट्रिय

भारतीय राजदूतबाट अग्रवाल भवनमा रहेको आइसोलेसन सेन्टर उद्घाटन

३ जेष्ठ, काठमाडौं । काठमाडौं कमलपोखरीस्थित अग्रवाल भवनमा आइसोलेसन सेन्टर स्थापना गरिएको छ । कमलपोखरीस्थित अग्रवाल भवनमा करिब १ सय २६ जनासम्म राख्न सकिने गरी क्वारेन्टिन÷माइल्ड आइसोलेसन सेन्टरको स्थापना गरिएको हो ।

आइसोलेशन सेन्टरको सोमबार नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले उद्घाटन गर्नु भएको छ । आइसोलेशन सेन्टर अग्रवाल सेवा केन्द्र नेपाल, हिन्दु स्वयंसेवक संघ नेपाल, नेपाल मेडिकल एशोसिएसन, उपकार सेवा नेपाल र सेवा इन्टरनेशनल नेपालले संयुक्त रुपमा सञ्चालन गरेका हुन् ।

राजदूत क्वात्राले कोभिड १९ को महामारी दक्षिण एसियामा तिव्र रुपमा फैलिएको भन्दै महामारीका विरुद्ध लड्न व्यक्ति, परिवार, समाज र सरकारको संयुक्त प्रयास आवश्यक पर्ने बताउनु भयो । उहाँले कोभिड १९ विरुद्धको लडाईमा भारत सरकारले आगामी दिनमा पनि सहयोग गर्ने बताउनु भयो ।

राजदूत क्वात्राले ‘भारतले महामारीका विरुद्ध लड्न नेपाललाई अग्रसर रुपले सहयोग गरिरहेको र भारतबाट २३ लाख डोज कोभिशिल्ड खोप नेपाल आइसकेको बताउनु भयो । उहाँले कठिन समयमा भारत नेपाललाई सहयोग गर्न सँधैं तत्पर रहेको बताउनु भयो ।

आइसोलेसन सेन्टर उद्घाटनमा बोल्नु हुँदै उद्योगी राजेन्द्र खेतानले आइसोलेसन सेन्टर मार्फत् फ्रन्टलाइनर डाक्टर, नर्स लगायतलाई बचाउन सके अन्य सयौँ परिवारको रक्षा गर्न सकिने बताउनु भयो ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू