बुधबार, असार २, २०७८
राजनीति राष्ट्रिय समाचार

ओलीबाट आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव

१० जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेका छन् । बालुवाटारमा आइतबार आफूनिकट पत्रकारहरूसँग उनले संविधानबमोजिम आफ्नो नेतृत्वमा सरकार बनाएर चुनावमा जान तयार रहेको बताएका हुन् ।

ओलीले संसद्को गणित भद्रगोल भइसकेकोले आफ्नो र महन्थ ठाकुर र राजेन्द्र महतोको हस्ताक्षरसहितको समर्थनमा १ सय ५३ सिटको दाबी लिएर म राष्ट्रपतिज्यूकोमा गएको बताएका छन्  । प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ (५) को अधिकार मात्रै राष्ट्रपतिले प्रयोग गर्न सक्ने र राष्ट्रपतिलाई कुनै किसिमको मुद्दा नलाग्ने बताए ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू