सोमवार, साउन ११, २०७८
प्रमुख समाचार राष्ट्रिय समसामयिक

मेयर सन्तोष चालिसेद्वारा मेलम्ची नगरपालिकालाई ५ लाख सहयोग गर्ने घोषणा

२ असार, काठमाडौं । काठमाडौं गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले मेलम्ची नगरपालिकालाई ५ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

मेलम्ची बजारमा हिजो (मंगलबार) रातीको बाढीले ठूलो जनधनको क्षति गरे पछि मेयर चालिसेले मेलम्ची नगरपालिकालाई ५ लाख सहयोग गर्ने घोषणा गरेका हुन् ।

काठमाडौंको छिमेकी जिल्ला सिन्धुपाल्चोकको मेलम्चीका जनता दुःखमा परेको बेला छिमेकी हुनुको नाताले गोकर्णेश्वरवासी तथा गोकर्णेश्वर नगरवासीको तर्फबाट सहयोग स्वरुप ५ लाख सहयोग गर्न लागेको मेयर चालिसेले बताए ।

काठमाडौंले मेलम्चिको पानीले तिर्खा मेट्ने भएकोले मेलम्चीका जनता पिडामा परेको दुःखको यस घडिमा मेलम्ची नगरपालिकालाई सहयोग गर्नु मानवीय दायित्व सम्झदै गोकर्णेश्वर नगरपालिकाले सहयोग गर्न लागेको मेयर चालिसेले बताए ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू