सोमवार, साउन ११, २०७८
उपत्यका समाचार

स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौं शाखाको संयोजनमा पत्रकारलाई राहत वितरण

७ असार, काठमाडौं । कोरोनाको जोखिमको समयमा फ्रन्टलाईनमा खटिने पत्रकारहरुलाई खाद्यान्न वितरण गरिएको छ । स्वतन्त्र पत्रकार सघ नेपाल काठमाडौं शाखा र गूड ह्युमन संस्थाद्वारा खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

सोमबार काठमाडौंको सुकेधारा निलो पुलमा रहेको आकृसा गोल्ड प्यालेसको प्राङ्गणबाट २५ जना श्रमजीवी पत्रकारहरुलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

स्वतन्त्र पत्रकार सघ नेपाल काठमाडौं शाखा र गूड ह्युमन संस्थाको संयोजनमा समाजसेवि याङ योञ्जन, सिद्धिदात्री महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तारा देवि फूयाल, सीता पुरी, आकृसा गोल्ड प्यालेसका सञ्चालक अजय खतिवडा, तिन जुरे ज्वेलर्स प्रा. लि का सञ्चालक कमल ढकाल लगायतबाट प्राप्त सहयोगबाट पत्रकारहरुलाई सहयोग गरेको स्वतन्त्र पत्रकार सघ नेपाल काठमाडौं शाखाका अध्यक्ष पुष्कर पाण्डेले बताएका छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू