शनिबार, जेष्ठ १, २०७८

Author - Aaditya Ale

गम्भीर प्रकृतिका संक्रमित बढ्दै

काठमाडौं,असोज १९ । केही दिन आईसीयू र भेन्टिलेटरमा उपचार गर्नेको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गम्भीर प्रकृतिका २ सय ६० जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४ जना भेन्टिलेटर र २ सय २६ जना संक्रमित आईसीयूमा उपचाररत...

उपत्यकामा संक्रमण बढ्यो, सेवाग्राहीको भीड घटेन

काठमाडौं । काठमाडौं उपत्यकामा कोभिड–१९ को संक्रमण दैनिक बढिरहे पनि यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको भीड कम हुन सकेको छैन । यातायात कार्यालयले सेवाग्राहीलाई सामाजिक दुरी कायम गर्न भन्दै अनुरोध गर्दै हात धुनका लागि साबुनपानीको व्यवस्था गरेको छ । सेवाग्राही भने आफ्नो काम चाँडो सकाउने हतारका कारण स्वास्थ्य...

कोरोनाको हटस्पट दक्षिण एसिया : भारतमा सबैभन्दा बढी संक्रमित, नेपाल चौथो स्थानमा

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको इपिसेन्टर पछिल्लो समय दक्षिण एसियाली राष्ट्रहरु बनिरहेका छन् । दक्षिण एसियामा नै पहिलो पटक कोरोना संक्रमित भएको मुलुक नेपाल अहिले बढी प्रभावित मुलुकको चौथो नम्बरमा छ ।
दक्षिण एसियाली मुलुकहरूमध्ये भारत सबैभन्दा बढी प्रभावित छ । भारतमा हालसम्म...

काठमाडौं उपत्यकामा १,५९९ जनामा कोरोना संक्रमण : २ जनाको कोरोनाबाट मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या काठमाडौं उपत्यका केन्द्रित भएको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ९९ जनामा कोरोना संक्रमण भएको छ । २ जनाको ज्यान गएको छ ।
काठमाडौंमा १ हजार ३ सय ७३ जना, भक्तपुरमा ३९ जना र ललितपुरमा १ सय ८७ जनासहित उपत्यकामा पछिल्लो २४ घन्टामा १ हजार ५ सय ९९ जनामा कोरोना संक्रमण...

नेपालमा थपिएका २,२५३ जना कोरोना संक्रमित कुन जिल्लाका कति ? (सूचीसहित)

काठमाडौं । नेपालमा कोरोना संक्रमण निरन्तर बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिए । उनका अनुसार देशभर...

काङ्ग्रेसका शीर्ष नेता कन्ट्र्याक्ट ट्रेसिङमा, केन्द्रीय समिति बैठक अनिश्चित

प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका नेताहरुमा कोरोना संक्रमण पुष्टि भएपछि शीर्ष नेताहरु कन्ट्र्याक्ट ट्रेसिङमा परेका छन् ।
यसअघि कांग्रेसका दुई नेता अर्जुननरसिंह केसी र गगन थापालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । कांग्रेस केन्द्रीय कार्यालयमा शुक्रबार गरिएको स्वाब संकलन पछि आएको रिपोर्टमा यी नेताहरुलाई...

प्रधानमन्त्री निवासमै फैलियो कोरोना

काठमाडौं । विश्वभरि महामारीका रूप लिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा फैलिएको छ ।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना...

प्रधानमन्त्रीले अत्यावश्यकबाहेकका भेटघाट नगर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यकबाहेकका भेटघाट नगर्ने भएका छन्।
आफ्ना सल्लाहकार, स्वकीय सचिव, सचिवालय र सुरक्षाकर्मीसहित ७० जनाभन्दा बढीमा कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री ओलीले अत्यावश्यकबाहेकका अन्य भेटघाट नगर्ने भएका हुन्।
‘प्रधानमन्त्रीले प्रत्यक्ष भेट्नै पर्ने भएमा मात्रै भेटघाट...

गगन थापालाई कोरोना पोजेटिभ

काठमाडौं- कांग्रेस नेता गगन थापालाई कोरोना भाइरस संक्रमण भएको छ। असोज १५ गते पार्टी कार्यालय गरिएको पीसीआर परीक्षण्मा उनलाई कोरोना पोजेटिभ देखिएको हो।
थापाले केही बेरअघि ट्विटरमा लेखेका छन्, ‘मलाई कोभिड संक्रमण देखिएको जानकारी पाएँ। मेरो स्वास्थ्य अवस्था सामान्य छ।अहिले म घरमै आइसोलेसनमा छु।’
थापाले यसबीचमा...

अमेरिकी राष्ट्रपति ट्रम्पलाई अस्पताल लगियो

काठमाडौं – कोरोना संक्रमण पुष्टि भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल भर्ना गरिएको छ ।
सावधानी अपनाउँदै राष्ट्रपति ट्रम्पलाई वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा लगिएको ह्वाइट हाउसले सूचना जारी गरी जानकारी दिएको छ ।
ट्रम्पलाई उनको विशेष हेलिकोप्टर मरिन–१ बाट मेडिकल सेन्टर लगिएको थियो ।
यसअघि...

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”